काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको छ ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधिकारीसहित सम्मिलित बैठक बिहीबार बिहान ९ बजेदेखि सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन् ।
त्यसका साथै बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी लगायतको सहभागिता रहेको छ । यसअघि गृह मन्त्रालयमा संयन्त्रको बैठक बसेर विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएका थिए ।
आजको बैठकमा पूर्वकानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागिता रहेको छ ।
प्रतिक्रिया