१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


टीआरसी बैठकमा पीडकमाथि २५ प्रतिशत मागदाबी लिन पाउने गरी सहमति जुट्यो



काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरू सहमतिमा पुगेका छन् । विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्तिप्रक्रिया २ र ३ वर्षभित्रै टुंगोमा पुर्‍याउन सकिने सहजीकरण कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

बर्तौलाका अनुसार गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिलो बनिरहेको विषयमा पनि आज सहमति भएको छ । सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ ।

‘बर्तौले भन्नुभयो, ‘सजाय मागदाबीको अन्योल थियो । २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने । पीडितलाई केन्द्रमा राखेर गर्ने गरी अघि बढेका छौं । संक्रमणकालीन न्यायसँग जोडिएको विषय भएकाले पृथक र विशेष प्रकारको न्याय प्रणाली भएकाले सहमतिको विन्दुमा पुगेका छौं । सबैको सहयोगी भूमिका जरुरी छ । अब नेपालको शान्ति प्रक्रिया ठीक ढंगबाट २ र ३ वर्षभित्र टुंगोमा पुर्‍याउन सक्छौं ।’

अर्का सदस्य माओवादी नेता जनार्दन शर्माले विज्ञहरूसमेतको सुझावको आधारमा विषयहरू टुंग्याइएको बताउनुभयो । अब प्रतिवेदन शीर्ष नेतालाई बुझाएर समितिले विधेयक अघि बढाउने उहाँको भनाइ छ ।

‘शर्माले भन्नुभयो, ‘सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लंघनजस्ता विषयमा सहमति भइसकेको छ । लामो समयदेखि अड्केको विषयलाई पीडितको मागअनुसार नै टुंग्याएका छौं ।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ११ : ३३ बजे