६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


वडा कार्यालय नजिकै बागमतीमा शव भेटियो



काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिक एक पुरुषको शव भेटिएको छ ।

प्रहरीका अनुसार वडा कार्यालय नजिक बागमती नदीमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।

उनको पहिचान खुल्न सकेको छैन । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बागमती नदीले कतैबाट बगाएर त्यहाँ शव पुगेको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ४५ बजे