वैवाहिक वर्षगाठ उत्सवको अवसरमा अटिजम केयर सेन्टर बलम्बुलाई एक जोडीले नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । महेन्द्रनगर स्थायी घर भई चन्द्रागिरी नगरपालिका थानकोट बसोबास गर्ने किशोर भट्ट र ओहनमार थीले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । आफ्नो वैवाहिक उत्सवमा अनावश्यक रुपमा रकम खर्च गर्नुभन्दा सामाजिक कार्यमा सहयोग गर्दा पुण्य प्राप्त हुने…