प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनु भएको छ । अमेरिकापछि चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिनुभएको हो । उहाँले परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीय रुपमा…