प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको छ। सोमबार र मंगलबार गरी २ दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशमा क्रियाशील कुटनीतिक नियोगका प्रमुखहरू उपस्थित हुनुहुन्छ। अन्तरक्रियामा कुटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा अन्तरक्रियात्मक रिपोर्ट राख्नुभएको थियो। अन्तरक्रियामा…