प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आजै १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी…