काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाएको ३४२ वटा निजी विद्यालयको नाम मङ्गलबार प्रकाशित गरेको छ । महानगरको शिक्षा विभाग प्रमुख सीतराम कोइरालाले पुरानो सङ्घीय शिक्षा नियमावली र काठमाडौं महानगरको नियमावली र ऐनमा छात्रवृत्ति वितरण एवम् यसको विवरण बुझाउनुपर्ने व्यवस्था रहेको बताउनुभयो । विभाग प्रमुख कोइरालाले भन्नुभयो, “छात्रवृत्ति वितरण गरेर त्यसको जानकारी दिनुपर्ने भन्ने थियो । कतिपय…