कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । कमैया मुक्ति दिवसको अवसरमा दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन । पालिकादेखि लिएर स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको दुवै पालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर जनाएका छन् । मुक्त कमैयाले भोली कमैया मुक्ति दिवस मनाउँदै छन् । नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै…