नेपाल इकोनोमिक्स ओलम्पियाडको पाँचौँ संस्करणको राष्ट्रिय प्रतियोगिताको सुरुवात भएको छ। विद्यार्थीहरु माझ अर्थशास्त्र, व्यवस्थापन तथा वित्तीय साक्षरताको बुझाइ प्रवर्द्धन, सीप तथा ज्ञानको प्रदर्शन एबम् यी विषयको गहन अध्ययनलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितामा क्षेत्रीय प्रतिस्पर्धाबाट छनोट भएका शीर्ष ८० विद्यार्थीहरुले फाल्गुन ५, ६ र ७ गते स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। काठमाडौंको…