सरकारले हुलाक सेवाका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुलाकको संरचना परिवर्तन गर्दै एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन…