काठमाडौँ महानगरपालिका भित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने भएको छ । कात्तिक एक गतेदेखि लागू हुने गरी अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो । अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट मात्रै त्यो सडक खण्डमा प्रवेश गर्न पाइने छ ।…