राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट त्रिभुवन विमानस्थलतर्फ लगिएको जानकारी राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलले जानकारी दिएका छन् । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना…