स्वर्गीय गायक, कलाकार तथा सर्जक जयनन्द लामाको जन्मभूमि बाह्रबिसे नगरपालिका–३ धार्पाको थिङटोलमा १२ फिटको सालिक निमार्ण गरिएको छ । लामाको परम्परागत पोसाकमा डम्फु लिएर नाच्दै गरेको सालिक निमार्ण गरिएको हो । सालिक निमार्णका लागि बाह्रबिसे नगरपालिकाले ४ लाख, नुवाकोटको ककनी गाउँपालिका र आफन्तको सहयोगमा सालिक निर्माण गरेको हो । जयनन्द लामा स्मृति कोषले ८ लाख…