राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो। देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘कोभिड-१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन…