भारतको एकदिवसीय टोलीमा उनको स्थानमा प्रश्न उठेको थियो, किनभने उनी टिम बाहिर रहेको बेला स्थान लिएका ब्याटर इशान किसनले गत महिना बंगलादेशविरुद्ध दोहोरो शतक बनाएका थिए । टिममा फर्केपछि किसनको ठाउँ लिएका शुभमन गिलले पनि आफ्नै नाममा दोहोरो शतक बनाएका छन् । टिममा पुनरागमन गरेपछि उनले पहिलो तीन इनिङ्समा ७०, २१ र ११६ रन बनाएका…