काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गर्नु भएको छ । सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्राल पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापन सहित भेटवार्ता गर्नुभएको हो । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ…