सिमकोट। अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती लक्ष्मी बुढालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सुत्केरी व्यथाले च्यापेपछि लौँठी स्वास्थ्यचौकीमा पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको हो। बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताउनु भयो। ‘सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई…