तनहुँमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता हुनुभएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भइरहेको बताउनुभयो ।बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनारमा…