चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपलिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । ३० महिनाभित्र रङ्गशालाको पहिलो चरणको निर्माण सक्ने गरी निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरिएको भरतपुर महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो । सम्झौतामा रङ्गशालाको काम २०८३ साल पुस २२ गतेभित्र सक्ने…