कमलबजार नगरपालिका प्रदेश नं ७ अछाम जिल्लाको पश्चिम दक्षिण भागमा अवस्थित छ । यस नगरपालिलकामा परिक्षण उडान भैसकेको एउटा बिमानस्थल समेत रहेको छ । कमलबजार नगरपालिकाको वि. सं.२०७२ साल भाद्र ३० गतेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट अछाम जिल्लाको साविकका वयाला, मुली, चाल्सा, ढाँकु सेरा, र मष्टावण्डाली गा.वि.स. मिलाएर कमलबजार नगरपालिका घोषणा गरे अनुसार २०७२…