बसाइँसराइले गाउँ रित्तिन थालेपछि स्याङ्जाका युवाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान थालनी गरेका छन् । गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगार, खानेपानी, सडक लगायतको असुविधाका कारण बसाइँसराइ बढ्न थालेपछि गाउँघर शून्य बन्न थालेको थियो । गल्याङ नगरपालिका–९, गेझाका युवाले स्वरोजगार सिर्जना गरेर सबैको आर्थिक स्थितिमा सुधार गर्ने र गाउँलेलाई गाउँमै अड्याउन सामूहिक गाईपालन गरेका छन्…