हेटौंडा, साउन १२ गते। बागमती प्रदेशमा नेपाली कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री बहादुरसिं लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।…