राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद प्रकरणमा भन्सार अधिकृतसहित छ जनालाई पक्राउ गरेको छ। राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कर्मचारी कुमार ढकाल र सरोज श्रेष्ठ तथा भन्सार एजेन्ट सुदर्शन श्रेष्ठ, यादव पराजुली र रुक्मीणा सुब्बा रहेका छन्। भन्सार विभागले उनीहरूको लापरबाहीका कारण…