नेपाली काँग्रेसका नेता एवम् गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी उपचारपछि नेपाल आउने भएका छन् । गत फागुन ३ गते नेपालमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र, मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचारका क्रममा पुुगेका थिए । भण्डारीलाई त्यहाँका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भण्डारीका स्वकीय सचिव वोधराज कण्डेलले जनाएका छन् ।…