सर्वप्रथम म सबै माननीय मन्त्रीज्यूहरुलाई यो बैठकमा हार्दिक स्वागत गर्दछु। बधाई अहिले म भनिहाल्दिनँ किनकि त्यसका लागि पहिले हामीले आफ्नो भूमिकामाथि न्याय गर्दै राष्ट्रले दिएको परीक्षा उत्तीर्ण गर्नु छ। म आँकडामा जान चाहन्नँ, तर हामी सबैलाई थाहा छ, राष्ट्र चौतर्फी सङ्कटमा छ। खादा(मालामा भुल्न हामीसँग समय छैन। यो पद अहिले हाम्रा लागि पुरस्कार होइन, चुनौती…