नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनुभयो । बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित चार दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि रहेको गठबन्धन ब्युँताउने चर्चा चलेसँगै अध्यक्ष ओलीले सो प्रतिक्रिया दिनुभएको हो । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिमा शनिबार एमालेले…