काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक सोमबार अपराह्न बस्ने भएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । यद्यपि मन्त्रिपरिषद् बैठक समेत सोही समयमा रहेकाले उक्त समय फेरबदल हुनसक्ने बताइएको छ । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने…