पर्वतमा आजदेखि गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सव सुरु भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम कुश्माबजारमा सुरु भएको महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा पर्वतका सांसद् पदम गिरीले उद्घाटन गरेका छन् । महोत्सव यस क्षेत्रको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने उधेश्यका साथ्…