बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले देशमा शान्ति स्थापित गर्ने मुल सुत्र पहिचान सहितको संघीयता भएको बताएका छन् । शनिबार मञ्जुश्री संवत् २८६० डुक(मु पुख्री) ल्हाे ल्हाेछारकाे अवसरमा ज्याेमाेगाङ घ्याङ्लेख सामाजिक सेवा, नेपालले काठमाडौंकाे स्वयम्भूमा आयाेजना गरेको सामुहिक साेनाम ल्हाेछार कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा शान्ति…