राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पाल्पाको तानसेनमा आयोजना गर्न लागेको पार्टीको भेला स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा ठुलो धनजनको क्षति भएको पार्टीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो । यस विपद्को समयमा पार्टीको भेला गर्नु उपयुक्त नहुने सभापति रवि लामिछानेले बताएका छन् । कार्यक्रम स्थगित गरेर आफू भूकम्प प्रभावित…