संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार आज अपराह्न ४ बजेलाई तोकिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् । गौतमले सोमबार जारी गरेको सूचनामा…