राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल हिडेर दरवारक्षेत्र पुग्नुभएको थियो । यसअघिका राष्ट्रपति र राजाले गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो । जात्रा अवलोकन गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना,…