काठमाडौं, साउन ४ गते । काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार गर्न न्यूरोडका व्यवसायी र स्थानीयबासीले अवरोध गरेका छन् । न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो ।