काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीलाई कडाइ गर्ने भएको छ । महानगरका अनुसार सहकारीमाथि कडाइस्वरूप अनुगमनलाई तीव्रता दिने, सहकारी एकीकरणमा प्रोत्साहन गर्ने र मापदण्डविपरीतका सहकारी खारेज गरिने भएको छ । दसैँअगाडि नै महानगरभित्र कार्यक्षेत्र भएका सहकारीको अनुगमन गर्छौँ । महानगरभित्र चाहिनेभन्दा धेरै सहकारी छन् । महानगरभित्रका १९ सय सहकारीमध्ये १६ सय बचत तथा ऋण सहकारी छन् ।…