तनहुँको बन्दीपुर गाउँपालिका– ५ आँधीखोलामा ट्रक पल्टिएर घरमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिन जाँदै गरेको ना.४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकछेउमा रहेको चेतबहादुर घर्ती, सनबहादुर भुजेल र सुनमाया भुजेलको घरमा ठोक्किएको हो । घटनामा ५० वर्षीय चेतबहादुर र ६९ वर्षीय सनबहादुरको मृत्यु भएको छ । त्यस्तै, स्कुल जान गाडी कुरिरहेका बन्दीपुर…