बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९२ जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । २९औं जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्र राप्तीसोनारी पार्टी कमिटीले मङ्गलबार राप्तीसोनारी गाउँपालिकाको वडा नं। ७ स्थित सहिद स्मृति संरक्षण केन्द्रको सहिद पार्कमा आयोजना गरेको सम्मान कार्यक्रममा ९२ जना जनयुद्धका सहिद परिवार तथा वेपत्ता परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर…