रुकुमपूर्व, साउन २० गते । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल लोकमार्ग (मध्यपहाडी) रुकुमपूर्व खण्डमा सडक जीर्ण बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा जम्मा ५५ किलोमिटर पर्दछ । यसमध्ये ३५ किलोमिटर कालोपत्रे गरिएको छ भने भुमे गाउँपालिका–१, पनचासे–बागलुङसँगको सिमाना पर्ने यिरनेतासम्म १३ किलोमिटर र सिस्ने गाउँपालिका–६, रानीकोट–रुकुमपश्चिमको सिमाना खोपीचार सात किलोमिटर गरी २० किलोमिटर कालोपत्रे गर्न बाँकी…