प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा रहेका दलहरुबाटै अहिलेको शासन व्यवस्थामाथि खतरा बढेर गएको आरोप लगाएका छन् । उनले संविधानको कल्पनाविपरीत हुने गरी गतिविधि र धारणाहरु संसद् र सडकमा देखिन थालेको टिप्पणी गरे । संविधानले राजतन्त्ररहित व्यवस्था अंगीकार गरेको अवस्थामा सरकारमा रहेको पार्टी 'नेकपा एमालेकै केन्द्रीय सदस्यले मुलुकमा राजतन्त्र चाहिन्छ' भनेर मेची–महाकाली अभियान गरिरहेकोप्रति उनले आपत्ति…