१८ भदौ, काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् । धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक केहीबेर अघि ठोक्किएका हुन् ।