तनहुँ । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गको डुम्रे–दमौली खण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आउने भएको छ । अवरुद्ध भएको करिब २६ घण्टापछि बिहीबार साँझ सवा ६ बजेबाट एक तर्फी सुचारु भएकोमा आज दुईतर्फी सञ्चालन गरिने प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो ३ बजेसम्ममा राजमार्ग दुईतर्फी सञ्चालन गर्ने गरी पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको जिल्ला…