२५ साउन, बुटवल । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनुभएको छ । तिमिल्सिनाले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिएको बुझिएको छ । तिमिल्सिनाले कार्यव्यस्तताको कारण राजीनामा दिएको भने पनि उनी निकट स्रोतले भने मन्त्री पद नपाउँदाको असन्तुष्टिका कारण राजीनामा दिएको बताउँछ ।