धान रोपेको बेलामा चट्याङ परेपछि बाँकेमा दुई जना महिलाको ज्यान गएको छ भने एक जना महिला घाइते भएकी छिन् । बाँकेकोराप्ती सोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्दै गर्दा क्रममा मङ्लबार दुई महिलालाई चट्याङ लागेको थियो । चट्याङबाट गम्भीर घाइतेको भएको दुवै जनाको कोहलपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायबउपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए…