फागुन ५ गते बसेको रौतहटको चन्द्रपुर नगरपालिकाको नगरसभाले नगरप्रमुख सञ्जयकुमार काफ्लेको असहमतिका वावजुद वडाको माग अनुसार भन्दै वडा नम्बर ३ लाई छुट्टै स्थानीय तह बनाउने निर्णय गर्यो । सो निर्णय अनुसार पूर्व हिले खोला, पश्चिम धनसार खोला, उत्तर चुरे पानी ढलो तथा दक्षिण चाँदी नदी र डुम्रे खोलाको दोभानदेखि पश्चिमतर्फ जनचाहना सामुदायिक वनको सिमाना हुँदै…