अस्तव्यस्त र जोखिमपूर्ण अवस्थाको थानकोट–चित्लाङ सडक तत्काल मर्मत गर्न सांसदहरूले माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलगायत दलका सांसदहरूले जोखिमपूर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक निशा डाँगी, महामन्त्री सुमना श्रेष्ठ, एमालेका सचेतक महेश बर्तौलालगायतले उक्त सडकखण्ड स्तरीकरणका लागि मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय स्वतन्त्र…