नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताउनुभएको छ। एमाले अग्रगमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उहाँको भनाइ छ। एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्जयाङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा शनिबार पाँचथरको फिदिम आइपुग्नुभएका अध्यक्ष ओलीले फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको…