काठमाडौँ, भदौ १० गते । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रूपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । पुराणका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका…