राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गर्नुभएको छ । सोमवार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुइ देशबीचको पाँच दशक लामो दौत्य सम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आइपियुलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भैरहेको उल्लेख गर्नुभयो ।…