१५ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली


विकट गाउँको स्वास्थ्यचौकीमा गर्भवतीको अल्ट्रासाउण्ड



दुुर्गमका स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने काम भएको छ । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेकाबेला जिल्ला अस्पतालबाट परिचालित दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउण्ड गर्ने काम भएको हो ।

जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले आफुु संलग्न भएर सर्केगार्ड गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड मेशिनबाट गर्भजाँच गर्ने कार्य भएको बताउनुुभयो । उहाँले सो गाउँपालिकाका रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा गर्भवती महिलाको सो बिधिबाट गर्भजाँच गर्ने कार्य गर्नुभएको हो ।

तीन दिनमा उहाँले ६५ जना गर्भवतीको अल्ट्रासाउण्डबाट चेकजाँच गर्नुभएको थियो । उहाँले अल्ट्रासाउण्ड गर्ने क्रममा एघार जना गर्भवतीको पाठेघर खसेको र दुुई जना गर्भवतीको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको बताउनुुभयो । उहाँले पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार भए पनि शिशुको टाउको उल्टो रहेको गर्भवतीलाई तत्काल जिल्ला अस्पतालमा आउन सुुभाव दिएको बताउनुुभयो ।

उहाँले समयमै ती गर्भवतीको चेकजाँच भएको कारण पछि हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुुगेको बताउनुुभयो । अल्ट्रासाउण्डबाट गर्भवतीको चेकजाँच गर्ने उपचार बिधि नभएपछि सर्केगार्ड गाउँपालिकाले बरिष्ठ अनमी बोहरालाई जिल्लाबाट झिकाएर चेकजाँचका लागि समन्वय गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवतीको गर्भ बास्तविक अवस्था पत्ता लगाउन दक्ष जनशक्तिबाट अल्ट्रासाउण्ड गर्नुपरेको जनाएको छ । राजन रावत, गोरखापत्र

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : १३ बजे