१५ श्रावण २०८२, बुधबार | Thu Jul 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो परिक्षण गरेकै जहाज दुर्घटना



पोखरामा आइतबार दुर्घटनामा परेको (एन)एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेकै जहाज दुर्घटना भएको हो ।

यही जहाजले २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतीको यसै जहाजले डेमो उडान गरेको थियो ।

आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो ।

जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ । चालकले बस्ती जोगाउन जहाजलाई सेती खोँचमा लगेको अनुमान गरिएको छ । यहाँ उद्धार कार्य जारी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : ४५ बजे